काठमाडौँ महानगरपालिकाको टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा आइतबार डोजर चलाएको छ।
काठमाडौँ महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको हो।
वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ।
नगर प्रहरीका अनुसार आइतबार १४ वटा टहरा भत्काइरहेको छ।
अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्साका सामान, फर्निचर लगायत हटाएर डोजर चलाइएको हो।
महानगरले डोजर चलाएपछि अस्थायी टहरा बनाएर बसेकाहरू अलपत्र परेका छन्।
906
Shares
प्रतिक्रिया