ad ad

समाज


टीकापुर जग्गा घोटाला प्रकरणमा मुद्दा चलाउने अख्तियारको निर्णय, २ सयभन्दा बढी प्रतिवादी

टीकापुर जग्गा घोटाला प्रकरणमा मुद्दा चलाउने अख्तियारको निर्णय, २ सयभन्दा बढी प्रतिवादी

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार १२:४५, काठमाडौँ

टीकापुरको ललिता निवास भनेर चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ।

बिहीबार बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो।

अख्तियारको निर्णयअनुसार उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ। 

अख्तियारका एकजना अधिकारीका अनुसार टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सय ४९ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ। जसमा टीकापुर विकास समितिका सबैजसो पदाधिकारी परेका छन्।

धेरैजसो प्रतिवादी अछाम जिल्लाका छन्।

टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो। 

यसबारेमा अख्तियारको अनुसन्धानले भ्रष्टाचार भएको निष्कर्ष निकालेपछि मुद्दा चलाउने निर्णय भएको हो।

काठमाडौंको ललिता निवासभन्दा ठूलो घोटाला यसलाई काठमाडौँको ललिता निवासभन्दा ठूलो घोटाला मानिएको छ। ललिता निवास घोटालामा १ सय ७५ जना प्रतिवादी थिए। 

ललिता निवास घोटालाबारे विशेष अदालतमा अन्तिम चरणको सुनुवाइ चलिरहेको छ।

*अध्यावधिक हुँदै 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .