भारतको महाराष्ट्र सरकारमा मन्त्री रहिसकेका बाबा सिद्दिकीले भारतीय कांग्रेस पार्टी छाडेका छन्।
बाबा सिद्दिकीले सामाजिक सञ्जालमार्फत आफूले कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन्।
बाबा सिद्दिकीले लेखेका छन्, ‘म युवावस्थामा कांग्रेसमा प्रवेश गरेको थिएँ । ४८ वर्षको यो यात्रा गजबको रह्यो। आज मैले तत्काल लागू हुने गरी कांग्रेसको सदस्यताबाट राजीनामा दिएको छु। भन्नु धेरै छ तर केही कुरा नभन्दा राम्रो हुन्छ भनिन्छ। यस यात्रामा सहभागी हुनुहुने सबैलाई धन्यवाद!’
बाबा सिद्दिकीबारे केही कुरा
बाबा सिद्दीकी मुम्बईको वान्द्रे पश्चिम सिटबाट तीनपटक विधायक भए।
रमजानको अवसरमा बाबा सिद्दिकीको इफ्तार पार्टीमा चलचित्र क्षेत्रका महतत्वपूर्ण व्यक्तित्व सहभागी भएका छन्।
केही वर्षअघि शाहरुख खान र सलमान खानबीच झगडा हुँदा यी दुई स्टारबीच मेलमिलाप गराउने श्रेय पनि बाबा सिद्दिकीलाई जान्छ।
Shares
प्रतिक्रिया