ad ad

समाज


ड्युटीमा खटिएका सहायक हवल्दारको भ्यानबाट खसेर मृत्यु

ड्युटीमा खटिएका सहायक हवल्दारको भ्यानबाट खसेर मृत्यु

नेपालखबर
माघ २६, २०८० शुक्रबार १३:३२, काठमाडौँ

प्रहरी भ्यानबाट खसेर काठमाडौंको नैकापमा एकजना सहायक हवल्दारको मृत्यु भएको छ।

बिहीबार राति साढे ११ बजेतिर भ्यानको पछाडि रहेका सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो। 

नैकापको पुलनजिकै उनी भ्यानको पछाडिबाट खसेर गम्भीर घाइते भएका थिए।

तत्काल उपचारका लागि मेड पोइन्ट अस्पतालमा लगिएको थियो। त्यहाँ सम्भव नभएपछि एपीएफ अस्पताल बलम्बु लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। 

बलम्बु प्रहरी प्रभागको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानमा ७ जना ड्युटी गर्न गएका थिए।

तर ड्युटी सकेर फर्किने क्रममा नैकापको पुलनजिकै उनी भ्यानबाट खसेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।  

३५ वर्षीय  सहायक हवल्दार एलजी सुर्खेत गुर्भाकोट नगरपालिका-१२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत थिए। 

उनको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .