ad ad

समाज


अध्यागमनमा झगडाले अन्तर्राष्ट्रियस्तरमा देशकै बदनाम भयो : कृष्णगोपाल श्रेष्ठ

अध्यागमनमा झगडाले अन्तर्राष्ट्रियस्तरमा देशकै बदनाम भयो : कृष्णगोपाल श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १३:८, काठमाडौँ

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले केही साताअघि त्रिभुवन विमानस्थल अध्यागमनमा कर्मचारी र प्रहरीबीचको झगडाले देशकै बदना भएको बताएका छन्।

संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा बोल्ने क्रममा उक्त झगडाले अन्तर्राष्ट्रिय  तहमा देशकै बेइज्जत भएको बताए। 

‘राष्ट्रिय सुरक्षा नीतिमै समस्या छ। अध्यागमनको  क्षेत्रभित्र भएको गोप्य विवरण त त्यहाँको क्यामेरालेमात्र खिचेको होला। तर त्यो जस्ताको तस्तै बाहिर आयो, यसले मुलुकको बेइज्जत भयो’, उनले भने। 

श्रेष्ठले उक्त झगडा र झगडाको भिडिओ बाहिरिनु हेर्दा सामन्य भए पनि नेपालको छवि नै बिगार्ने काम भएको बताए।  

‘हेर्दा सामान्य भए पनि अन्तर्राष्ट्रिय रुपमा नेपालीको छवि लाजमर्दो गरी बिग्रियो’, उनले भने, ‘छनबिन आयोगले कस्तो प्रतिवेदन दियो? अध्यागमन जस्तो अराजक र भ्रष्टाहरूको अखडाको कुरा गरि साध्य नभएको बताए।

उक्त प्रकरणपछि विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीको राजीनामालाई लिएर पनि उनले प्रश्न उठाएका छन्। 

‘सुरक्षाको जिम्मेवारी लिएको कमान्डरले किन राजिनामा दिएको? अहिलेको अवस्था के छ?’, उनले भने,  ‘उहाँले राजीनामा दिनुपर्ने अवस्था कसरी आयो? सरकारले जवाफ दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .