ad ad

समाज


दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कार्यकक्षमै मोसो दलियो

दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कार्यकक्षमै मोसो दलियो

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १२:५४, काठमाडौँ

दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई उनको कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरिएको छ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताले लैनचौरस्थित डीडीसीको कार्यालयभित्रै पसेर झालाई मोसो दलेका हुन्। 

डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले मोसो दलेको हो। 

संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर झालाई मोसो दलिएको स्वीकारेका छन्। मोसो दल्ने क्रममा झाको कार्यकक्षमै हात हालाहालसमेत भएको छ। 

गत माघ २९ गते यही संगठनका कार्यकर्ताले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दलेर दुर्व्यवहार गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .