प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ सय ५५ ग्राम अर्धठोस सुनसहित गएराति एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३५ वर्षीय शरिफअहमद अब्दुल गफुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।
'विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ', उनले भने, 'निजलाई आज आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइने छ।'
दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए।
30
Shares
प्रतिक्रिया