सामाजिक सञ्जालमार्फत् महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।
नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
141
Shares
प्रतिक्रिया