ad ad

राजनीति


उपकुलपति नियुक्तिप्रति एमाले महासचिवको टिप्पणीः ‘काशी जानु कुतीको बाटो’

उपकुलपति नियुक्तिप्रति एमाले महासचिवको टिप्पणीः ‘काशी जानु कुतीको बाटो’

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ७:१५, काठमाडौँ

सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेको दाबी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने राजनीतिक भागबन्डाकै आधारमा नियुक्ति गरेको आरोप लगाएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा गठित छनोट समितिले सिफारिस गरेका ३ जनामध्ये बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रा.डा. केशरजंग बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेका छन्। 

त्रिवि उपकुलपतिका लागि छनोट समितिले सर्टलिस्टमा परेका १४ जनामध्ये बरालसहित टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो।   

तर एमालेका महासचिव शंकर पोखरेलले यो खुला प्रतिस्पर्धाको ‘नाटक’ मात्र गरिएको, खासमा राजनीतिक भागबन्डाकै आधारमा त्रिविमा उपकुलपति नियुक्त गरिएको आरोप लगाएका हुन्।  

‘उपकुलपति नियुक्तिमा भागबन्डा नै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मञ्चन नगरेकै भए हुन्थ्यो। अनि आफूले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो’, पोखरेलले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘विद्यार्थीको विदेश पलायनता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम ‘काशी जानु कुतीको बाटो’ जस्तो देखियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .