ad ad

समाज


सर्लाहीमा कारभित्र फेला पर्‍यो ११६ किलो गाँजा, चालक पक्राउ

सर्लाहीमा कारभित्र फेला पर्‍यो ११६ किलो गाँजा, चालक पक्राउ

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १२:५८, सर्लाही

सर्लाहीको बागमतीमा कारमा सवार एक व्यक्ति गाँजासहित पक्राउ परेका छन्।

बागमती नगरपालिका- ३ नयाँबस्तीस्थित नयाँरोड-बरहथवा सडक खण्डबाट एक क्विन्टल १६ किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा बागमती प्रदेश ०१-०२६ च ५१५१ नम्बरको कारका चालक पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका- ११ का ३० वर्षीय सूर्य परियार छन्। 

उनलाई कारसहित पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। कार जाँच गर्दा लुकाई राखेको अवस्थामा १० पोका (११६ किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ। 

परियारलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी पञ्जियारले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .