नेपालका राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
यही फागुन ६ गते मनिषको काठमाडौंस्थित घरबाट ४५ लाख रुपैयाँ चोरी भएको प्रकरणमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका-६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुरको गोदावरी नगरपालिका-६ का २४ वर्षीय राजन श्रेष्ठ रहेका छन्।
180
Shares
प्रतिक्रिया