ad ad

समाज


सिम्रौनगढका तत्कालीन प्रशासकीय अधिकृतसहित दुईजना भ्रष्टाचारी ठहर, ६ महिना कैद

सिम्रौनगढका तत्कालीन प्रशासकीय अधिकृतसहित दुईजना भ्रष्टाचारी ठहर, ६ महिना कैद

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार १९:२५, काठमाडौँ

बाराको सिम्रौनगढ नगरपालिका  बाराका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी भ्रष्टाचारी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनी र चौधरीलाई भ्रष्टाचारी ठहर गरेको हो।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा दोषी ठहर गर्दै विशेष अदालतले जनही ४ लाख ६१ हजार २५० जरिवाना र जनही ६ महिना कैद सजायको फैसला सुनाएको हो।

अख्तियारले गत असोज ७ गते बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

मरासिनी र तत्कालीन लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५०० रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

यस्तै सिम्रौनगढ नगरपालिकाकै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गर्दा आफूखुसी ९ लाख ९५ हजार रुपैयाँ घटी राजस्व असुल गरी राजस्व हिनामिना गरेको आरोप थियो। तर जयसवालले भने सफाइ पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .