पोखरामा पर्यटकलाई दुःख हैरानी दिएको आरोपमा नौजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–९ बसपार्क बस्ने वर्ष ४० को रुपेन्द्र श्रेष्ठ, वर्ष ३२ को मोहन आचार्य, वर्ष ४० को नारायण अधिकारी, वर्ष ४४ को श्याम प्रसाद शर्मा, वर्ष २५ को विकास कुंवर, वर्ष २१ को बिमल ठकुरी, वर्ष २१ को विकास श्रेष्ठ, वर्ष २८ को रन्जन खड्का र वर्ष १९ को सविन नेपाली रहेका छन्।
उनीहरुले पृथ्वीचोक, मुस्ताङचोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी समेत दिई अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ।
पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
Shares
प्रतिक्रिया