काठमाडौंको कोटेश्वर चोकमा बसको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन्।
आइतबार बिहान ९ः ४० बजेतिर चक्रपथमा चल्ने जुनेली यातायातको प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ड्युटीमै रहेका ट्राफिक प्रहरीका सईलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट सर्लाही घर भएका अन्दाजी ४२ वर्षीय टोपबहादुर खत्री गम्भीर घाइते भएका छन्।
उनको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।
बस र चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
4.3k
Shares
प्रतिक्रिया