ad ad

समाज


सशस्त्र प्रहरीका गुल्म प्रमुख कार्यालयमै मृत भेटिए

सशस्त्र प्रहरीका गुल्म प्रमुख कार्यालयमै मृत भेटिए

नेपालखबर
फागुन २१, २०८० सोमबार १६:५५, काठमाडौँ

मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्यालयमै मृत फेला परेका छन्।

मोरङको धनपालथान गाउँपालिका ३ मा स्थित सशस्त्र प्रहरी बलको गुल्मका गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल कार्यालयको भान्सामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

‘दिउँसो सवा २ बजेतिर मृत फेला परेको खबर आएको थियो। त्यस लगतै अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ। अहिले म पनि घटनास्थलतर्फ जाँदैछु’, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने।

बाहिरैबाट झुण्डिएको देखिएपछि प्रहरीले ढोका खोलेको छैन। परिवारराई खबर गरिसकेको र ढोका खोल्न पर्खिरहेको पनि एसपी कार्कीले बताए।

सशस्त्र प्रहरीका केन्द्रीय सह-प्रवक्ता शैलेन्द्र थापाले बस्यालको मृत्यु भएको पुष्टि गर्दै थप अनुसन्धान चलिरहेको जानकारी दिएका छन्।

डीएसपी बस्यालको घर पाल्पा हो। तर उनका परिवार काठमाडौं बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .