राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ।
आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए।
‘व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्’, उनले भने।
घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ। रासस
69
Shares
प्रतिक्रिया