ad ad

समाज


‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि, भनेकी थिइन्- मम्मी बाबालाई याद गर्छु भन्दिनू

‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि, भनेकी थिइन्- मम्मी बाबालाई याद गर्छु भन्दिनू

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०८० मंगलबार १५:५०, काठमाडौँ

चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ।

आफूसहित अन्य दुईजना साथीहरू बस्ने कोठामा झुन्डिनुअघि लेखेको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो। 

प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि भएको जनाएको छ।

उनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा भनिएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी!’

 शालीनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैको उपस्थितिमा मंगलबार दिउँसो अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिका क्रममा शालीनलाई चितवनको होस्टेलमा राखेर काठमाडौंमा बस्दै आएका बाबु दीपेन्द्र पोखरेल उपस्थित थिए।

त्यस्तै दीपेन्द्रसँग सम्बन्धविच्छेदपछि पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी आमा सगुन पनि अन्त्येष्टिका क्रममा सहभागी थिइन्। 

त्यसक्रममा आमाबुवा दुवैजनाको पशुपति आर्यघाटमा रूवाबासी चलेको थियो। शालीन अघिल्लो शनिबार बिहान १० बजेतिर कोठाको पंखामा स्काउटको डोरी लगाएर भुण्डिएको अवस्थामा भेटिएकी थिइन्। 

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार नभएको पुष्टि भएको थियो। शालीनको बलात्कारपछि हत्या भएको दाबी उनकै बुवा दीपेन्द्रले गरेका थिए।

आफ्नी छोरी होस्टेलको कोठामा मृत भेटिएपछि बलात्कारपछि हत्या नै भएको हुनुपर्छ भन्ने दाबी उनले गरेका थिए।

यो प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस-प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए। अहिले उनीहरूलाई चार दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .