धादिङमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका एक जनाको नदीले बगाउँदै गरेको अवस्थामा उद्धार भएको छ।
नदीले बगाएर घटनास्थलबाट करिब दुई किमी तल पुर्याएका एक घाइतेको सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन टोलीले जिवितै उद्धार गरेको हो।
नदीबाट निकालेर उनलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख २१२१ नम्बरको बस आज बिहान करिब चारबजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा एक महिला र पाँच पुरुषसहित अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।
दुर्घटनामा ३६ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको डीएसपी केसीले बताए
घाइतेहरुको अवस्था गम्भीर रहेको कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। दुर्घटना स्थलमा अझै केही बेपत्ता भएको हुनसक्ने आशंकामा आधारमा खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। बसका चालक हरिरामा हरीजन भने प्रहरी नियन्त्रणमा रहेका छन्।
प्रहरीले दुर्घटनामा ३० जनाभन्दा धेरै घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएका छन्।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी छ।
Shares
प्रतिक्रिया