ad ad

समाज


त्रिशूलीमा हराइरहेका पाँच जनाको खोजी कार्य जारी

त्रिशूलीमा हराइरहेका पाँच जनाको खोजी कार्य जारी

नेपालखबर
फागुन २३, २०८० बुधबार १५:१, काठमाडौँ

धादिङ दुर्घटनामा हराईरहेका पाँच जनाको खोजी कार्य जारी छ। बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन।

प्रहरीका अनुसार ड्राइभरले जम्मा ४९ भनेकोमा सहचालकले ५१ भनेका छन्। तर चलानी र बिचमा चढेकासहित जम्मा ५२ जना रहेको आशंका गरिएको छ।

जसमध्ये ४० जनाको घाइते र सकुशल अवस्थामा उद्धार गरिएको छ। ७ जनाको मृत्यु भएको छ भने हराइ रहेकाका मध्ये ४ पुरुष र १ महिला सहित ५ जना रहेको प्रहरीको अनुमान छ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमाण्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी तुला चौधरीको कमाण्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ।

जसमा ९ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त रहेका छन्।   

खोजी कार्यको लागि दुईवटा राफ्ट्बोट समेत प्रयोग गरिएको छ। अहिलेसम्म २ जना मृतकको मात्र सनाखत भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .