ad ad

समाज


त्रिशूली नदीमा बेपत्ता तीन जनाको शव भेटियो

त्रिशूली नदीमा बेपत्ता तीन जनाको शव भेटियो

नेपालखबर
फागुन २४, २०८० बिहिबार १६:४४, काठमाडौँ

बुधबार बिहान धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीन यात्रुमध्ये थप एकजनाको शव फेला परेको छ।

अन्दाजी वर्ष ५० को पुरुषको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको हो।

बिहीबार अपरान्ह ३ः४३ बजे सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको कमान्डमा खटिएको टोलीले फेला पारेको एपीएफले जनाएको छ।

यो सँगै त्रिशूलीमा बेपत्ता तैनैजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक रहेकोमा दुई पुरुष र एक महिलाको शव फेला परेपनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसअघि आजै सशस्त्र प्रहरीले दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुषको शव फेला पारेको थियो भने नदीभित्र महिलाको शव भेटिएको थियो ।

मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए।

तीन यात्रु भने नदीमै हराइरहेका थिए।

त्रिशूली दुर्घटना : निद्राले आँखा मिच्दै बस चलाइरहेका थिए हरिराम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .