ad ad

समाज


नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो होला ३ दिन मौसम?

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो होला ३ दिन मौसम?

नेपालखबर
फागुन २५, २०८० शुक्रबार ६:२२, काठमाडौँ

यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

आज दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

कस्तो होला शनिबार र आइतबारको मौसम?

२०८० फागुन २६ गते  (शनिबार)

दिउँसो: कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।कोशी, बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति:  कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।कोशी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फागुन २७ गते  (आइतबार)

दिउँसो: सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

राति:  सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले  त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .