काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–३ अग्रेटाका अन्दाजी २८ वर्षीय क्षितिज मोक्तान मृत फेला परेका छन्।
महाभारत गाउँपालिका–४ ठाडे स्थित आफन्तको घरमा बिवाहको लागि आएकोमा राति घर फर्कने क्रममा ठाडेस्थित गोरेटोबाटोबाट अन्दाजी १०० मिटरतल खसि मृत्यु भएको प्रहरीले जनाएको छ।
आज विहान ९ बजे स्थानीयहरू घाँस काट्न जाने क्रममा उनको शव देखेर प्रहरी चौकीमा खबर गरेका थिए।
कुलोमा घोप्टो अवस्थामा फेला परेका उनको घटनाबारे अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
15
Shares
प्रतिक्रिया