ad ad

समाज


एनआरएनएसँग मिलेर काम गर्न सरकार सकारात्मकः श्रेष्ठ

एनआरएनएसँग मिलेर काम गर्न सरकार सकारात्मकः श्रेष्ठ

नेपालखबर
फागुन २५, २०८० शुक्रबार २२:११, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन्।

शुक्रबार मन्त्रीनिवासमा भएको भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए। सरकारसँग विगतका दिनहरूमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको उनले भेटपछि नेपालखबरलाई जानकारी दिए।

मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरूले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए। त्यस्तै गैरआवासीय नेपालीहरूका लागि नेपालको समृद्धिमा योगदानका लागि प्रशस्त सम्भावना रहेको र संघको अभियानको बारेमा आफू पूर्ण जानकार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो।

श्रेष्ठले एनआरएनएसँग मिलेर काम गर्न आफू सकारात्मक रहेको बताए।

यसअघि गृह मन्त्रालय समालेका श्रेष्ठले पुनर्गठित मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका हुन्।

परराष्ट्र मन्त्रालयको नेतृत्व कांग्रेस नेता एनपी साउदले गर्दाका अवधिमा एनआरएनए नेतृत्वले भेटको अवसर नै पाएको थिएन। उनले एनआरएनएको नवीकरणसमेत रोकिदिएका थिए। नवीकरण तत्काल गर्न उच्च अदालतले परमादेश जारी गरिसकेको छ।

गत असोज-कात्तिकमा सम्पन्न एनआरएनए महाधिवेशनबाट डा. केसीको नेतृत्वमा निर्वाचित समूहमाथि आरके शर्मा नेतृत्वको अर्को समूहले धाँधलीको गरेको आरोप लगाउँदै आएको छ। त्यतिखेर शर्मा अध्यक्षका प्रत्यासी थिए। उनले आफ्नो नेतृत्वमा बेग्लै कार्यसमिति घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .