ad ad

समाज


पहाडी भूभागमा मौसम बदली, पानी पर्ला कि नपर्ला?

पहाडी भूभागमा मौसम बदली, पानी पर्ला कि नपर्ला?

नेपालखबर
फागुन २६, २०८० शनिबार ६:२५, काठमाडौँ

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  छ।

यतिबेला (शनिबार बिहान) देशका पहाडी भू(भागमा  आंशिक  बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम  मुख्यतया  सफा  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती तथा  गण्डकी  प्रदेशका पहाडी भूभागमा  आंशिक  बदली रहनेछ भने कोशी  र गण्डकी  प्रदेशका उच्च पहाडी  तथा  हिमाली  भूभागका  एकदुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती  तथा  गण्डकी  प्रदेशका पहाडी  भूभागमा  आंशिक  बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा  मौसम  मुख्यतया  सफा रहने छ। 

राति कोशी र गण्डकी  प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एकदुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलुटिनमा उल्लेख छ।

कस्तो होला आइतबार र सोमबारको मौसम?

२०८० फागुन २७  गते  (आइतबार)
दिउँसो:  सुदूरपश्चिम र लुम्बिनी  प्रदेश  सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।

राति :    सुदूरपश्चिम, कर्णाली र  लुम्बिनी  प्रदेश  सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

 २०८०  फागुन २८  गते  (सोमतबार)

दिउँसो:  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ। कोशी,  बागमती,  गण्डकी र कर्णाली  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

 राति :   देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ। कर्णाली  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  थोरै स्थानहरुमा  र बाँकी देशका  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  
कोशी र  गण्डकी    प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेकोले    त्यस  क्षेत्रमा  दैनिक  जनजीवन  लगायत  कृषि,  स्वास्थ्य,  पर्यटन,  पर्वतारोहण,  सडक  तथा  हवाई  यातायातमा  आंशिक  असर  पर्ने  सम्भावना  रहेकोले  आवश्यक  सतर्कता  अपनाउनु  हुन  अनुरोध  छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .