ad ad

समाज


धेरै प्रदेशको मौसम बदली, उच्च भूभागमा हिमपातको सम्भावना

धेरै प्रदेशको मौसम बदली, उच्च भूभागमा हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८० आइतबार ७:६, काठमाडौँ

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

यतिबेला (आइतबार) देशका पहाडी भूभागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै भूभागमा आंशिक बदलीको अवस्था छ। देशको बाँकी  भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।     

आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित देशका पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ।  

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भूभागका एकदुई स्थानमा हल्का  हिमपातको  सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

कस्ताे हाेला साेमबार र मंगलबारको माैसम?

२०८०  फागुन  २८  गते  (साेमबार)

दिउँसो:  सुदूरपश्चिम र लुम्बिनी  प्रदेश  सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।

राति:    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश  सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

 २०८०  फागुन  २९  गते  (मंगलबार)

दिउँसो:  सुदूरपश्चिम र कर्णाली प्रदेश  सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ। कोशी,  बागमती,  गण्डकी र कर्णाली   प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

राति:   सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सहित  देशका  पहाडी  भू-भागमा  आंशिक देखी सामान्य  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  थोरै स्थानहरुमा  र बाँकी देशका  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

 आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

कोशी र  गण्डकी    प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका   एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेकोले    त्यस  क्षेत्रमा  दैनिक  जनजीवन  लगायत  कृषि,  स्वास्थ्य,  पर्यटन,  पर्वतारोहण,  सडक  तथा  हवाई  यातायातमा  आंशिक  असर  पर्ने  सम्भावना  रहेकोले  आवश्यक  सतर्कता  अपनाउनु  हुन  अनुरोध  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .