अमेरिका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपाली सनम डोका शेर्पालाई विश्वभरका पाँच उदाहरणीय महिलाको सूचीमा राखेको छ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय काम गरेबापत शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको हो।
सोनम डोका शेर्पा नेपालमा ‘द स्मल वर्ल्ड’ की संस्थापक हुन्। उनी १० वर्षदेखि सोलुखुम्बुका दुर्गम गाउँहरूमा बालिका शिक्षा र महिला सशक्तीकरण कार्यक्रममा सक्रिय छिन्।
ओबामा फाउन्डेसनले विश्वका उदाहरणीय पाँच महिलाको सूचीमा राखेपछि शेर्पालाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।
351
Shares
प्रतिक्रिया