ad ad

समाज


सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाए

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाए

नेपालखबर
फागुन २८, २०८० सोमबार ११:२९, काठमाडौँ

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाएका छन्। 

हाल घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि दाहालका अनुसार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसमा स्थानीयले आगो लगाएका हुन्।

कविलासी नगरपालिका- १० सलेमपुरमा सोमबार बिहान साढे १० बजेतिर उक्त बसले स्थानीय ५० वर्षीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले आगो लगाएका हुन्। 

‘खबर पाउनासाथ पुगेको प्रहरीले आगो निभाएकाले बस पूर्णरुपमा जल्न पाएको छैन,’ एसपी दाहालले नेपालखबरसँग भने, ‘ठक्कर दिने बसलाई ट्याक्टरको सहायताबाट सडकबाट हटाउने काम भइरहेको छ।’

बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको हाल मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ‘उहाँलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको छ,’ एसपी दाहालले भने। 

स्थानीयले आगो लगाएपछि बसका चालक भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। सलेमपुरमा रहेको सशस्त्रको वेस क्याम्प नजिकै स्थानीयले बसमा आगो लगाएका हुन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .