शेर्पा समुदायको पर्व ‘ग्याल्पो ल्होसार’का लागि भन्दै सरकारले आज (फागुन २८ गते) सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्जालमा अहिले नेपाल शेर्पा संघले गत माघ २५ गते जारी गरेको विज्ञप्ति छाएको छ।
त्यो विज्ञप्ति पढेपछि थाहा हुन्छ– यस वर्ष शेर्पा समुदायले ‘ग्याल्पो ल्होसार’ पर्व एक महिनाअघि माघ २७ गते नै मनाइसकेका छन्। तर सरकारले आज बिदा दिएपछि राज्यको एक दिन त्यसै खेर गएको छ।
सरकारले ‘ग्याल्पो ल्होसार’का लागि भनी आज फेरि सार्वजनिक बिदा दिएकै कारण राष्ट्रपति–प्रधानमन्त्रीदेखि विभिन्न दलका नेता पनि झुक्किएका छन्। उनीहरूले अहिले ‘ग्याल्पो ल्होसार’को शुभकामना धमाधम दिइरहेका छन्।
हेर्नुहोस् नेपाल शेर्पा संघले माघ २५ गते जारी गरेको विज्ञप्ति-
138
Shares
प्रतिक्रिया