ad ad

समाज


‘नेसनल क्याडेट कर्प्स’का सहभागीले भेटे राष्ट्रपति पौडेललाई

‘नेसनल क्याडेट कर्प्स’का सहभागीले भेटे राष्ट्रपति पौडेललाई

नेपालखबर
फागुन २८, २०८० सोमबार १४:५७, काठमाडौँ

‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रममा सहभागी नेपालसहित विभिन्न देशका सैनिकहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। 

नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गत दक्षिण एसियाली देशका सैन्य अधिकृतबीच तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीलाई राष्ट्रपति पौडेलले शीतल निवासमा भेटेका हुन्।

नेपाली सेनाको  निमन्त्रणामा युथ एक्सचेन्ज प्रोग्राम( वाइपी ) मा सहभागी हुन आएका भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका नेसनल क्याडेट कर्प्सका डाइरेक्टर जनरल,  स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरूले पौडेलसँग भेट गरेका छन्।

यसअघि उनीहरूले आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .