ललितपुरको भैँसेपाटीको जंगलमा एक युवकको शव भेटिएको छ। मंगलबार बिहान अन्दाजी ३०/३२ वर्षका युवकको शव फेला परेको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए। शवको सनाखत हुन नसकेको सुवेदीले बताए। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रकाशित: फागुन २९, २०८० मंगलबार ८:३५ 618 Shares
प्रतिक्रिया