धनुषाकी आरती साहको परिवारसँग सरकारले सहमति गरेको छ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा लामो समयदेखि आन्दोलनमा रहेका साहका परिवारसँग सहमति गरिएको हो।
सहमतिपत्रमा सरकारको तर्फबाट गृह मन्त्रालयका अधिकारी र साहका तर्फबाट ३/३ जनाले हस्ताक्षर गरेका छन्।
सहमतिपछि साहको परिवारले लामो समयदेखि जारी आन्दोलन फिर्ता लिएको छ।
सहमतिमा आरतीको हत्याबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि अनुसन्धान गर्ने उल्लेख छ। उक्त अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पुन:अभियोजन गर्ने र परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गरिने पनि सहमति भएको छ।
सहमतिका क्रममा गृहमन्त्री लामिछानेले साहका परिवारलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाए। गृहमन्त्रालयमा राति भएको सहमतिपछि गृहमन्त्री लामिछानेले अब सरकार न्याय दिने बाटोमा अघि बढेको बताए।
उनले पीडित परिवारलाई न्याय दिलाउन मातहतका निकायलाई निर्देशन दिने बताए। यत्तिका दिनसम्म आरतीको न्यायका लागि आन्दोलन उत्रिएकाहोरात्रहरलाई उनले धन्यवाद दिए।
'आरतीलाई न्यायका लागि सबैबाट भएको प्रयासलाई म धन्यवाद भन्न चाहन्छु। आजको सहमतिपछि पीडित परिवारले आन्दोलन फिर्ता लिनुभयो। अब कसैले न्याय पाउन यति धेरै दिन आन्दोलन गर्नुपर्ने दिन नआओस्।'
सहमति पत्रमा हस्ताक्षर हुँदा आरतीको परिवारलाई साथ दिँदै आएका आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साह पनि उपस्थित थिए।
Shares
प्रतिक्रिया