बर्दियामा बुधबार गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
अपरान्ह ४ बजेर ४०मिनेटको समयमा बर्दिया राजापुर नगरपालिका–१० रामजानेचोकस्थित हुलाकी सडक खण्डमा भे १ ख २५७१ नं.को विङ्गर दुर्घटना भएको हो।
राजापुरदेखि नेपालगञ्जतर्फ जादै गरेको सो गाडीको स्टेरिङले काम नगरेका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उक्त विङ्गरका चालक बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने वर्ष २७ का गोबिन्द विकसहित गाडीका सहचालक र यात्रु समेत गरी १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
घाइतेमध्य ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र राजापुर बर्दियामा उपचार भइरहेको छ।
51
Shares
प्रतिक्रिया