तेह्रथुमको फेदाप गाउँपालिकामा आइतबार दिउँसो भीषण आगलागी भएको छ।
फेदाप गाउँपालिका-१ (साविकको सिम्ले -७) मयन्तापामा भीषण आगलागी हुँदा कम्तीमा १९ घर जलेका छन्।
अहिले उक्त स्थानमा आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुग्ने क्रममा छन्।
फेदाप-१ का वडाअध्यक्ष मोहनबहादुर श्रेष्ठले आगलागीबाट ठूल ो क्षति भएको बताए।
चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा मुस्किल परेको उनले बताए।
नियन्त्रत्रणमा नआएकाले आगोबाट थप क्षति हुन सक्ने अवस्था रहेको श्रेष्ठले बताए।
99
Shares
प्रतिक्रिया