ad ad

समाज


पाँच लाख नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

पाँच लाख नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

नेपालखबर
चैत ५, २०८० सोमबार १७:०, काठमाडौँ

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य ईलाकाबाट ५ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

भारतको पूर्वीचम्पारण रक्सौल नगर पञ्चायत–७ घर बताउने २४ वर्षिय उमेश कुमार यादवलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा फेला परेको १ हजार दरको ५ सय वटा नोटको श्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिईएको एपीएफले जनाएको छ।

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

चोरीपैठारीको सामान बरामद
यता, वीरगञ्ज महानगरपालिका–१६ स्थित सीमा ईलाकाबाट करीब २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ।

भारतबाट अवैध रुपले चारवटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको किराना सामान र लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले बरामद गरेको हो।

बरामद सामान वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .