साेमबार साँझ बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ।
दुर्घटनामा बस धनी र चालकको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए।
‘दुर्घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ, २६ जना घाइते छन्,’ डीएसपी केसीले नेपालखबरसँग भने, ‘घाइते धेरैको अवस्था गम्भीर छ।’
पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस साेमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।
डीएसपी गिरीका अनुसार बसमा नाबालकसहित ३५ जना सवार थिए। २० जना घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ।
बागलुङमा उपचाररत २० जनाकै अवस्था मध्यम रहेको उनले बताए। गम्भीर घाइते ६ जनालाई थप उपचारको मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो। ज्यान गुमाउनेमा पूर्वी रुकुममा ४ र पश्चिम रुकुममा ५ जना छन्।
दुर्घटनामा ज्यान गुमाउने यी हुन् ९ जना
१.जिल्ला दाङ बस्ने बर्ष १८ का लक्कि पुन मगरकाे उपचारको क्रममा ऐ. २१:५० बजे मृत्यु भएकाे।
२.जिल्ला पश्चिम रुकुम मुसिकोट न.पा. ०१ बस्ने वर्ष २७ की विनिता के.सी. उपचारको क्रममा मृत्यु भएको।
३. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.२ रातामाटा बस्ने बबि ददेल नेपाली (सवारी धनि) ।
४. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.४ सोलाबाङ बस्ने वर्ष ३५ की टिका के.सी.।
५.जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.३ साँख बस्ने कल्पना के.सी.।
६.जिल्ला रोल्पा घर भएको सुवाष गौतम (मानसिंह बि.क.) (बसकाचालक) ।
७.जिल्ला गोर्खा घर भएको गिता थापा ।
८.जिल्ला ललितपुर घर भएको सुजन महर्जन।
९. जिल्ला रुकुम पूर्व सिस्ने गा.पा. ५ रुमालबारा बस्ने बर्ष २५ को बिक्रम परियार ।
घाइतेहरुको विवरण :
१. जि.रुकुम पश्चिम मुसिकोट न.पा.१ बस्ने बर्ष ५२ को दसरथ नेपाली।
२. ऐ.आठबिसकोट न.पा.१ बस्ने बर्ष २६ को पुष्कर बुढा
३. ऐ. मुसिकोट न.पा.१ बस्ने बर्ष ३० को छकेन्द्र जंग सेन
४. जि.गुल्मी मदाने गा.पा.१ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सह-चालक)
५. ऐ.मुसिकोट न.पा.७ बस्ने बर्ष ३५ को हिम बहादुर पाण्डे
६. जि.गुल्मी मालिका गा.पा. १ बस्ने बर्ष ५० को बल बहादुर पुन
७. जि.सुर्खेत पञ्चपुरी न.पा.८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी
८. जि.रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बि.क.
९.जि.रुकुम पश्चिम बोतलिवाङ गा.पा. ११ बस्ने बर्ष २२ कि सबिना पुन मगर
१०.जि.रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के.सी.
११.ऐ.मुसिकोट न.पा.३ बस्ने बर्ष २४ को गणेश खड्का
१२.जि.काठमाण्डौ टो.खा.न.पा. ०३ बर्ष २३ कि श्रीष्टि गैरे
१३.जि.डोल्पा त्रिपुरासुन्दरी न.पा.०३ बस्ने बर्ष २८ को आविस्कार धराला
१४.जि.रुकुम पश्चिम मुसिकोट न.पा. ०३ बस्ने बर्ष २७ कि सरिता खड्का (मिति २०८०।१२।०६ गते ऐ. ०२:३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
१५.ऐ. बस्ने महिना ३ की ज्ञानु ढकाल (मिति २०८०।१२।०६ गते ऐ. ०२:३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
१६.जि.ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई
१७.जि.रुकुम पश्चिम मुसिकोट न.पा.४ बस्ने बर्ष ४६ कि बिना शर्मा
१८.ऐ.बस्ने बर्ष ४४ कि कमला के.सि.
१९.ऐ.बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर
२०.ऐ.३ बस्ने बर्ष ५५ को लिला के.सी. (मिति २०८०।१२।०६ गते ऐ. ०३:५० बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
२१.ऐ. बस्ने बर्ष ३० को ससिराम खड्का
२२.जि. रुकुम पश्चिम तलाखेत न.पा. ४ बस्ने बर्ष १८ कि सपना वली
२३.ऐ. मुसिकोट न.पा.३ बस्ने बर्ष ६० को हर्क बहादुर के.सि. (मिति २०८०।१२।०६ गते ऐ. ०२:३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
२४.ऐ सानोभेरी गा.पा.०१ बस्ने बर्ष २६ को दिनेश खड्का
२५.जि.सिन्धुपाल्चोक जुगाल गा.पा. ०२ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल (मिति २०८०।१२.०६ गते ऐ. ०३:२५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
२६.जि.रुकुम पश्चिम मुसिकोट न.पा. ०७ बस्ने वर्ष २१ की सोभा थापा।
Shares
प्रतिक्रिया