ad ad

समाज


साथीको हत्या गरी फरार व्यक्ति २१ वर्षपछि पक्राउ

साथीको हत्या गरी फरार व्यक्ति २१ वर्षपछि पक्राउ

नेपालखबर
चैत ६, २०८० मंगलबार १५:३७, काठमाडौँ

काठमाडौंको मरुढोकामा २०५९ सालमा भएको एक हत्या घटनाका अभियुक्त हालै पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान वडा नं.४ घर भएका वर्ष ४१ को तिखे भन्ने तेज बहादुर राई रहेका छन्।

मिति २०५९ असोज १४ गते काठमाडौं महानगरपालिका–१९ मरुढोका ईनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशालाभित्र सोही स्थानमा घर भएका वर्ष २६ को संजय शाहीको हत्या भएको थियो।

उनलाई तेज बहादुरसमेतले फलामको रडले टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार भएका थिए।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  चैत ५ गते कोटेश्वरबाट पक्राउ गरि आज आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .