तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर विकको शव सशस्त्र प्रहरीको गोताखोरले ब्रम्हायणी नदीमा फेला पारेको छ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने विकको चैत ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो।
घटनाबारे जानकारी पाएपछि नं. १६ गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो। सो टोली सँगै उनको खोजीका लागि नं. २० विपद् उद्धार गण सिनामंगलबाट ७ जना गोताखोरसहित १६ जनाको फौज परिचालन गरिएको थियो।
गोताखोरले मंगलबार दिउँसो उनको शव सोही नदीको करीब २० फिट गहिराइबाट निकालेको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
261
Shares
प्रतिक्रिया