ad ad

समाज


मोरङमा घरभित्रै महिलाको हत्या, घाइते पतिको पनि मृत्यु

मोरङमा घरभित्रै महिलाको हत्या, घाइते पतिको पनि मृत्यु

नेपालखबर
चैत ७, २०८० बुधबार ९:९, काठमाडौँ

मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा घरभित्रै धारिलो हतियार प्रहारबाट पति र पत्नीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार प्रारम्भिक अनुसन्धानले पत्नीको हत्यापछि पतिले आत्महत्या गरेको देखाएको छ। 

बेलबारी–१ का ६० वर्षीय बमबहादुर लिम्बुले पत्नी ४५ वर्षीया गीता लिम्बुको हत्यापछि आत्महत्या गरेको पाइएको उनले बताए। 

‘राति १:५० बजेको घटना हो, धारिलो हतियारले हानेको अवस्थामा गीताको शव भेटिएको थियो भने उनका श्रीमान् बमबहादुर घाँटीमा गहिरो चोट लागेको अवस्थामा गम्भीर घाइते भेटिएका थिए’, डीएसपी दाहालले भने, ‘उनको पनि विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भयो।’

घरायसी विवादका कारण हत्या र आत्महत्याको घटना भएको पाइएको उनको भनाइ छ। 

‘श्रीमान्-श्रीमती पहिलेदेखि झगडा गर्थे रे’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले हत्यापछि आत्महत्या गरेको देखिन्छ। तर घटनाबारे अनुसन्धान जारी छ।’

डीएसपी दाहालका अनुसार उनीहरू दुवैको दोस्रो विवाह हो। 

‘बेलबारी–१ मा उनीहरू ज्यालामजदुरी गरेर डेरामा बस्ने रहेछन्’, उनले भने, ‘साथमा ६/७ वर्षका छोरा पनि रहेछन्।’

ती बालक भने सकुशल रहेको डीएसपी दाहालले बताए। ‘हामी दुवैको पहिलो परिवारसँग पनि सम्पर्क गर्ने प्रयासमा छौँ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .