स्याङ्जाको जंगलमा नवजात शिशु फेला परेको छ। बुधबार दिउँसो ३ बजेतिर स्याङ्जा चापाकोट नगरपालिका ९ बाटरा सामुदायिक जंगलमा बेवारिसे अवस्थामा नवजात जिवित शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले बताए।
शिशु फेला परेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उद्धार गरी चापाकोट अस्पतालमा पठाएको थियो।
साल नाल सहित रहेको शिशुलाई साँझ ५ बजे थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।
बच्चा कसले फालेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको डीएसपी रानाले बताए।
105
Shares
प्रतिक्रिया