धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा एकजना किशोरीको शव भेटिएको छ।
घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शप भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा शव देखेकी थिइन्। शवबारे खबर आएपछि प्रहरीलाई जानकारी गराइएको धरान उपमहानरग १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई 'प्रवीण' ले बताएका छन्।
खोल्सामा घोप्टो अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला परेको छ।
किशोरीको पहिचान खुलिसकेको छैन। अहिले उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
प्रहरीले तालिमप्राप्त कुकुर ल्याएर घटनास्थललमा अनुसन्धान गरिरहेको छ।
17.1k
Shares
प्रतिक्रिया