जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले करिब १ महिनाको अवधिमा १९३ फरार प्रतिवादीहरू पक्राउ गरेको छ।
विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकाहरुलाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत गत फागुन महिनामा सो संख्यामा पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुबाट जम्मा ४७ लाख ३३ हजार ३५५ रुपैयाँ जरिवाना असुल उपर गरिएको प्रहरी परिसरले जनाएको छ।
पक्राउ पर्नेमा जुवा, सवारीज्यान, चोरी, गालीबेइजती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐन लगाएतका मुद्दासँग सम्बन्धित रहेका छन्।
12
Shares
प्रतिक्रिया