ad ad

समाज


२४ घण्टामा सबैभन्दा धेरै वर्षा धनकुटामा, हेर्नुहोस् ७ वटा स्टेसनको रेकर्ड

२४ घण्टामा सबैभन्दा धेरै वर्षा धनकुटामा, हेर्नुहोस् ७ वटा स्टेसनको रेकर्ड

नेपालखबर
चैत ८, २०८० बिहिबार ९:५४, काठमाडौँ

गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा धनकुटामा भएको छ। 

धनकुटामा ४६ दशमलव ७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको 

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपासको क्षेत्रमा अवस्थित न्यून चापीय प्रणालीको प्रभावस्वपरुप बुधबार बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। 

कोसी, मधेर र बागमती प्रदेशमा हिजो र आज वर्षा भएको हो। बागमती पश्चिमका भूभागमा भने बुधबार वर्षा भएको थिएन। आज पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले बिहीबार बिहान पौने ९ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार कोसीको धनकुटापछि सबैभन्दा धेरै वर्षा मधेस प्रदेशको जनकपुरमा मापन गरिएको छ। 

जनकपुर स्टेशनमा पछिल्लो २४ घण्टामा ३७ दसमलव ५ मिलिमिटर वर्षा मापन भएको हो। 

त्यसैगरी ताप्लेजुङमा ३०.२, विराटनगरमा २६.३, ओखलढुंगामा २५, सिमरामा १५ र काठमाडौँमा १४.६ मिलिमिटर वर्षा भएको छ। 

आज पनि देशैभरीको मौसम बदली छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ। आज पनि धेरै ठाउँमा वर्षा हुने अनुमान छ।  

कहाँ कति पर्‍याे पानी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .