कमेडी च्याम्पियनका सञ्चालक तथा चलचित्र निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन्।
उनीसहित दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।
शुक्रबार बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोट जाने क्रममा भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन्। सुशानको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ। विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ।
दुर्घटनापछि प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो।
विशाल र पुजनमध्ये कसले गाडी चलाएको निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।
गाडीको अगाडि सिटमा विशाल र पुजन थिए। तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन्। कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया