आज सोमबार, १२ चैत २०८० (२५ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोलेकै राम्रो।
वृष : अतिथिका रूपमा सम्मान पाइनेछ। व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वाहन लाभ हुने समय छ।
भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।
मिथुन : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। आर्थिक सङ्कटले छटपटी व्याप्त हुन सक्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४४ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा आइपरेका समस्या सुल्झाउन सहज हुनेछ। अखाद्य वस्तुको सेवन नगरेकै बेस।
कर्कट : आजको श्रमबाट पछिलाई फाइदा पुग्नेछ। साँझमा खुसीका निम्ति केही खर्च हुनसक्छ। महत्वकाङ्क्षी योजना गोप्य राखेर नै अघि बढ्नुहोला। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्य सुरु गर्नुपूर्व वृक्षारोपण गर्दा दीर्घकालीन फाइदा पुग्नेछ। यात्रा त्यति फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगरेकै बेस।
सिंह : शुभ चिन्तकले पूर्ण समर्थन गर्नेछन्। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। मनोरञ्जनमा सहभागी भइएला। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राका अवसर प्राप्त हुनेछन्।
भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर नयाँ कामको सुरुआत गर्दा बढी फाइदा हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।
कन्या : प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ। लामो समयदेखि रोकिएका र विदेशका काम पूरा हुनेछन्। प्रेम र मित्रताको सुखमा रमाउने समय छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग उपयुक्त छैन।
तुला : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन। व्यक्तिगत खुसीका लागि केही धन खर्च हुनेछ। मध्य दिनपश्चात् शुभ समाचार सुन्न पाइएला।
भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४२, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर आउन सक्छ तर आवेगमा लगानी भने नगर्नु होला।
वृश्चिक : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलागेकै बेस।
धनु : प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुन सक्छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो वा गुलाबी रङको प्रयोग उपयुक्त छैन।
मकर : कुनै कुराको चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। आफन्तसँग रमणीय र सुखद यात्राको योग छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ तर केही धन खर्च भने हुन सक्छ।
भाग्यशाली रङ गुलाबी वा सेतो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग फाप्ने देखिँदैन।
कुम्भ : समय मध्यम खालको छ। आँटेको काम कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। राजनीतिक रूपमा झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ तर नयाँ योजनामा जनताको साथ तथा समर्थन पाइनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ३४ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर कामको सुरुआत गर्दा अधिक फाइदा हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।
मीन : परोपकारका क्षेत्रमा लगानीको समय छ। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ। समय निकै उत्साहजनक रहनेछ। आर्थिक लाभ हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।
Shares
प्रतिक्रिया