सर्वोच्च अदालतले झापाको दमकस्थित बीएण्डसी मेडिकल कलेजको पक्षमा गरेको आदेशप्रति राप्रपाका अध्यक्ष तथा झापाबाट निर्वाचित सांसद राजेन्द्र लिङदेनले खुसी व्यक्त गरेका छन्।
सर्वोच्च अदालतले सोमबार प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारका नाउँमा आदेश दिएको थियो। न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।
बीएण्डसी मेडिकल कलेजका सञ्चालक विवादास्पद व्यवसायी दुर्गा प्रसाइँ हुन्।
लिङदेनले मंगलबार बिहान सामाजिक सञ्चाल मार्फत् बीएण्डसीले मेडिकल कलेजको मान्यता पाउन लागेकोप्रति खुसी व्यक्त गरेका हुन्।
‘बीएण्डसी मेडिकल कलेज मान्यता प्राप्तिको बाटो खुलेको समाचारले खुसी भएको छु,’ अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए। डा.गोविन्द केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको उनको आरोप थियो।
Shares
प्रतिक्रिया