काभ्रेमा पोलिक्लिनिकको शौचालयमा लडेर एक बिरामीको मृत्यु भएको छ।
भुम्लु गाउँपालिका ६ कोलातीकी ५० वर्षीय शान्ता पहरीको पोलिक्लिनिकको शौचालयमा लडेर मंगलबार साँझ गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा राति पौने १० बजेतिर धुलिखेल अस्पतालमा मृत्यु भएको बागमति प्रदलेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
मंगलबार दिउँसो ज्वरो र रुघाखोकी लगायतको बिरामी भएपछि शान्तालाई उनका श्रीमान रामबहादुर पहरीले दोलालघाटस्थित दोलालघाट पोलिक्लिनिकमा उपचारका लागि लगेका थिए।
उपचारपछि दिउँसो २ बजेतिर उनीहरु औषधि लिएर घर फर्किएका थिए। तर पुनः गाह्रो भएपछि साँझ ६ बजेतिर उनीहरु फेरि पोलिक्लिनिकमा गएकोमा रगत जाँच, पेटको एक्सरे लगायत परीक्षणपछि श्रीमानसँग पोलिक्लिनिककै शौचालयमा गएकी थिइन्।
तर शौचालयभित्रै लडेर गम्भीर घाइते भएपछि साँझ साढे ७ बजेतिर उनलाई धुलीखेल अस्पताल लगिएको थियो। राति ९ः४५ बजे धुलीखेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया