नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ।
अनेरास्ववियु नेतृ बमलाई मंगलबार अपरान्ह काठमाडौंको नागार्जुनबाट पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले नेपालखबरलाई बताए।
‘राजमती बमलाई आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको छ’, अधिकारीले भने, ‘उहाँलाई अहिले महाराजगञ्ज बृत्तको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।’
राजमतीले पनि चिनिने धामीले उजुरी दिएकी अर्की युवतीको मोबाइल फोन नियन्त्रणमा लिएर आपराधिक लाभ लिएको आरोप लागेको छ।
बमलाई एकजना युवती रश्मिला धामीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो। कैलालीको धनगढी घर भएकी बमबारे अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी भएको प्रहरीले जनाएको छ।
यसअघि अदालतले बमकाे मानहानि गरेकाेसम्बन्धी मुद्दामा रश्मिला दाेषी ठहरिएकी थिइन्। अहिले बम पक्राउ परेपछि धामीले न्यायकाे लडाइँ जारी रहेकाे बताएकी छन्।
रक्षा बम केही दिनदेखि नागार्जुनस्थित ओशो तपोवनमा थिइन्। उनी ओशो तपोवनमा ध्यानमा रहेका बेला रश्मिलाको उजुरीको आधारमा पक्राउ गरिएको हो।
Shares
प्रतिक्रिया