नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ।
नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई मनमोहनमा भर्ना गरिएको थियो ।
नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले जानकारी दिए।
‘रायमाझीको मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको,’ उनले भने।
रायमाझीलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि अस्पताल भर्ना गरिएको हो। ‘अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ,’ डा.पौडेलले भने।
उनको स्वास्थ्यमा अन्य कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको चिकित्सकले बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त रायमाझी थुनामा छन्।
180
Shares
प्रतिक्रिया