अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार एकजना विद्यालय व्यवस्थापन समिति अध्यक्ष र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा जनज्योति माध्यमिक विद्यालय, दाङका तत्कालीन लेखापाल चूडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो।
विद्यार्थीहरूबाट निजी श्रोत शिक्षकलाई तलब खुवाउने भन्दै विभिन्न शीर्षकमा चर्को शुल्क उठाएर अनियमितता गरेको दाबी विशेष अदालतमा दर्ता गराएको रिटमा अख्तियारले गरेको छ।
लेखापाल पोख्रेलविरुद्ध ८ लाख ९२ हजार २ सय ६७ रुपैयाँ ७० पैसा र अध्यक्ष चौधरीविरुद्ध २ लाख २० हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाइएको हो।
39
Shares
प्रतिक्रिया