इसाई धर्मावलम्बीहरूले आइतबार इस्टर पर्व मनाएका छन्।
काठमाडौं उपत्यकाका इसाई धर्मावलम्बीहरू आइतबार भृकुटीमण्डपमा जम्मा भएर इस्टर पर्व मनाएका हुन्।
उनीहरूले जिसस क्राइस्ट बौरिएको सम्झनामा 'ह्याप्पी इस्टर सन्डे' र्याली गरेर मनाए।
इसाई धर्मावलम्बीहरूले इस्टरको दिन दिनलाई विशेष मान्छन्। इस्टरका अवसरमा भृकुटीमण्डपमा विशेष कार्यक्रम गरियो।
यो कार्यक्रममा उपत्यकास्थित चर्चका सदस्य तथा इसाई धर्मावलम्बीहरूले सहभागिता जनाएका छन्।
174
Shares
प्रतिक्रिया